नवलपुर र देवचुली उद्योग वाणिज्य संघलाई महासंघबाट मान्यता
नवलपुर । नवलपुर जिल्लामा रहेका उद्योग वाणिज्य संघ मध्ये नवलपुर उद्योग वाणिज्य संघ र देवचुली उद्योग वाणिज्य संघले लामो प्रयास पछिछ नेपाल उद्योग वाणिज्य महासंघमा आवद्धता पाएको छ ।
महासंघमा आवद्धता हुन पाएसँगै नवलपुर उद्योग वाणिज्य संघले आफ्नो कार्यालयमा दीपावली गरेर खुसीयाली मनाएको छ ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले नवलपुर क्षेत्रमा पहिलो उद्योग बाणिज्य संघको रुपमा स्थापीत भएको नौ बर्ष वितिसक्दा महासंघमा आवद्धता हुन नसक्नु दुःखद भए पनि ढिलै भए पनि महासंघको सदस्यता पाउनु खुसीको कुरा भएको बताए ।