३७ औं मगर एकता दिवस विविध कार्यक्रम गरी मनाइयो

99








कावासोती । ३७ औ मगर एकता दिवस बुधबार नवलपरासीसहित देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा पुर्वी नवलपरासीका गैँडाकोट , देवचुली कावासोती लगायत बिभिन्न स्थानमा जनचेतनामुलक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएका छन् ।
यसैबीच लाङ्ंघाली एकता समाज कावासोती ८ को आयोजनामा मगर एकता दिवस बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष राम बहादुर राना मगरको अध्यक्षता रहेको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर संघ नवलपुरका सल्लाहकार बाबुराम राना ,बरिष्ठ समाजसेवी कर्णेल धन बहादुर मास्की राना ,समाजसेवी प्रेम बहादुर राना ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरका सचिव शत्रुघन थापा मगरको आतिथ्यता रहेको थियो ।
त्यस्तै ,तमु ह्युल छोज धि गुरुंग राष्ट्रिय परिषद नवलपरासिका पुर्व अध्यक्ष बुद्धि बहादुर गुरुंग लगायत विभिन्न संघ सस्थामा आवद्ध प्रतिनिधि ,समाजसेवी ,राजनितिककर्मी ,मगर अगुवाहरुको समेत कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रोशन बहादुर गाहा मगरले दिप प्रज्वलन गरिे औपचारिक उद्धघाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदाय नेपालको एक प्रमुख समुदाय भएता पनि राज्यसँयन्त्रमा उल्लेख्य उपस्थिति नभएको बताए । यसो हुनुमा कतिपय अवस्थामा मगर समुदाय आफ्नै कमजोरी भएता पनि राज्य मुख्य रुपमा दोषी रहेको पनि उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले अबका मगर युवाहरुले राजनीतिक आर्थिक रुपमा सबल हुनका लागि शिक्षामा बिशेष ध्यान दिनुपर्ने जोड दिएका थिए ।
यसैगरी नेपाल मगर संघ जिल्ला नवलपुरका सल्लाहकार बाबुराम राना मगरको स्वागत मन्त्वय रहेको कार्यक्रममा मगर युवा युवतीहरु मौलिक पहिरनमा सजिएर उपस्थित भएका थिए ।
त्यस्तै कार्यक्रममा मौलिक साँस्कृतिक नृत्यहरुको प्रस्तुति समेत गरिएको थियो ।



You might also like
Loading...