ऊर्जामन्त्री पुन अकस्मात नर्भिक अस्पतालमा भर्ना

123












उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विरामी परेपछि अकस्मात अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि पुन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।


उनलाई सीसीयू कक्षमा राखेर मुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको छ । उनको मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ ।

मन्त्री पुन विरामी भएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेत अस्पताल पुगेका थिए ।



You might also like
Loading...