श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा

68







काठमाडौ । बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

यसअघि हिजो नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम कार्य सकिन समय लागेका कारण श्रद्धान्जलीका लागि टुडीखेलमा शव आज ८ बजेपछि मात्र राखिने भएको हो । अस्पताल श्रोतले दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको थियो । हिजो दिउँसो २ बजेदेखि शव परीक्षण र पोष्टमार्टम काम शुरु भएको थियो ।


अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको हो ।

 


You might also like
Loading...