पत्रकारिता सम्बन्धि अभिमुखीकरण सम्पन्न
नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिने पत्रकारिता सम्बन्धि अभिमुखीकरण शुक्रवार सम्पन्न भएको छ ।
बिए तृतीय बर्षमा अध्ययनरत बिद्यार्थीहरुका लागि कार्यमुलक नेपाली पत्रकारिता बिषय अन्तरगत सो एकदिने आधारभुत पत्रकारिता सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
सो अभिमुख्रीकरणको मुख्य सहजीकरण स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक एंवम् नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा निर्देशक पाण्डेले अभिमुखीकरणका गर्नुका आमसंचार नेपाली पत्रकारिता र
समाचार लेखनका बिषयमा कार्यपत्र समेत राख्नुभएको थियो । कार्यक्रममा दिब्यज्योति बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले बिषयबस्तु माथि प्रकाश पार्दै नेपाली पत्रकारितामा भाषिक शुद्धताको बिषय कमजोर रहेको बताउदै त्यसका बिषयमा समेत सजग हुन आग्रह सहित समाचारलेखन शुरु गर्न प्रशिक्षार्थीहरु लाई आग्रह गर्नुभएको थियो ।
सो अभिमुखीकरणमा २१ जना बिद्यार्थीको सहभागिता रहेको थियो । अभिमुखीकरण पश्चात बिद्यार्थीहरुले पत्रपत्रिका तथा छापाखाना सम्बन्धि प्रयोगात्मक तयारी समेत गर्ने दिब्यज्योति बहुमुखी क्याम्पसले जनाएको छ ।