लादेनका छोरा हमजाबारे सूचना दिनेलाई १० लाख डलर इनाम

109








एजेन्सी । अमेरिकाले चरमपन्थी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख डलर इनाम दिने घोषणा गरेको छ ।

अमेरिकी गृह मन्त्रालयले हमजा अलकायदाको प्रमुख नेताका रुपमा स्थापित हुँदै आएको पनि उल्लेख गरेको छ । हालैका वर्षमा हमजाका केही भिडियो रिलिज भएका छन् ।


जसमा उनले आफ्ना बाबुको हत्या गर्ने अमेरिका र उसका पश्चिमा सहयोगी देशसँग बदला लिनका लागि एकजुट हुन समर्थकलाई आग्रह गरिएको छ । अमेरिकी विशेष बलले सन् २०११ मा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेनको हत्या भएको थियो ।

हमजा बिन लादेनको उमेर करिब ३० वर्ष भएको अनुमान गरिएको छ । अमेरिकाले दुई वर्ष पहिले नै उनलाई वैश्विक आतंककारी घोषणा गरेको छ । हमजाले मोहम्मद अताकी छोरीसँग विवाह गरेका छन् ।

मोहम्मद अताले सन् २००१ को हमलामा चार व्यापारिक एउरक्राफ्टमध्ये एउटा अपहरण गरि न्युयोर्कमा रहेको वल्र्ड ट्रेड सेन्टरमा हमला गरेका थिए ।

एबोटाबादमा ओसामा बिन लादेनको घरमा केही त्यस्ता संकेत पाइएका थिए, जसबाट हमलालाई आगामी दिनका लागि तयार पारिरहेको अनुमान गरिएको थियो । हमजालाई ओसामाले आफ्नो स्थान लिनका लागि सबैभन्दा उपयुक्त र मन पराएको पात्रका रुपमा लिइन्छ ।

अमेरिकी गृहमन्त्रालयले कूटनीतिक सुरक्षाका सहायक सचिव माइकल इभनेअफले भने, ‘उनी अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हुनसक्छन् । तर, उनी दक्षिण केन्द्रीय एसिया या जुनसुकै स्थानमा पनि हुन सक्छन् ।’

हमजाले आफ्नी आमासँग इरानमा केही समय बिताएको र उनको त्यही विवाह भएको विश्वास गरिन्छ । केही अन्य रिपोर्टमा उनी पाकिस्तान, अफगानिस्तान या सिरियामा हुनसक्ने पनि उल्लेख गरिएको छ ।



You might also like
Loading...