अाज प्रतिनिधिसभाकाे बैठक बस्दै

133












काठमाडौं । अाज प्रतिनिधि सभाकाे वैठक बस्दैछ ।
वैठक दिउँसाे १ बजेका लागि बाेलाईएकाे छ ।
संविधान अनुकूल नरहेका कानुनको परिमार्जन फागुन २१ गतेभित्रै गरिसक्नुपर्ने बाध्यताका कारण प्रतिनिधिसभाको बैठक शनिबार बोलाइएको हाे।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको बैठक बोलाइएको हो । उक्त विधेयक फागुन २१ भित्र दुबै सदनबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणीकरण गरिसक्नुपर्नेछ । राष्ट्रियसभाले भने उक्त विधेयक पारित गरेको छ ।


सभामुखको निजी सचिवालयका अनुसार राष्ट्रिय सभाबाट शन्देशसहित प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नका लागि शनिवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।



You might also like
Loading...