इन्टर क्लब तेक्वान्दोमा सुनवललाई दुई पदक


सुनवल । पाचौं ईन्टर क्लव तेक्वान्दो च्याम्पीयन सिप भैरहवामा सम्पन्न खेलमा सुनवल नगरपालिकाको क्लबले २ पदक हात परेको छ ।
४ वटा तौल समूहका प्रतियोगिता भएको थियो । जसमा ५० केजी तौल समुहमा राईजिङ्ग स्टार तेक्वान्दो डोजाङ्ग समूह सुनवल नगरपालिकाका चोत बहादुर थापा प्रथम र ३८ केजी तौल समुहमा राईजिङ्ग स्टार तेक्वान्दो डोजाङ्ग समुह सुनवल नगरपालिकाकै सृष्टी न्यौपानेले रजत पदक प्राप्त गर्न सफल भएकी छन् ।
कार्यक्रममा २० वटा क्लबका २५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...