यो कम्युनिष्ट सरकार होईन लुटेराहरुको सरकार हो–सीपी गजुरेल


रौतहट । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी निकटको देशक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकार कम्युनिस्ट सरकार नभएर भ्रष्ट र लुटेराहरुको सरकार भएको बताएका छन् । गजुरेलले ओली शर्मा नेतृत्वको सरकारले संस्थागत भ्रष्टाचार गरेर देश लुटिरहेको आरोप लगाए ।




रौतहटको गरुडा नगरपालिकाको झाँसपुरमा क्रान्तिकारी पत्रकार महासंघ, प्रदेश नम्बर दुईको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा बोल्दै मोर्चा अध्यक्ष गजुरेलले निर्वाचनको बेला जनतामा विकास र सम्मृद्धिको झुट्टा नारा बाँडेर सरकारमा पुगेको नेकपा नेतृत्वको वर्तमान सरकारले जनविरोधी, राष्ट्रविरोधी गतिविधीहरु गरिरहेको भन्दै त्यसको विरोध गरे ।

उनले कम्युनिष्ट सरकारले जनतालाई सेवा, सुविधा बढाउँनु पर्नेमा ओली नेतृत्वको सरकारले जनतामा महंगी, अनियमितता, भ्रष्टाचार, सामाजिक अपराध र राष्ट्रघातका कामहरु गरिरहेको आरोप लगाए ।




उनले देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु बढ्दै गएको र जनताले समाधान चाहेको भन्दै त्यसका लागि वर्तमान दलाल संसदीय व्यवस्था खारेज गर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले व्यापारीकरण गरिरहेको पनि टिप्पणी गरे ।

मेचि महाकाली अभियानमा रहेका गजुरेलले ‘मुलुकमा दलालहरुको राज्यले संरक्षण गरेको बताउँदै सीमा क्षेत्रमा भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण भैरहँदा समेत ओली सरकार चुप लागेर बसेको बताए ।

उनले प्रचण्डले जनयुद्धमा जनतालाई देखाएको सपनामा धोका दिएको भन्दै सत्ता र अहिलेको व्यवस्था बदल्नको लागि तस्रो चरणको जनआन्दोलनको उठान गर्नुपर्ने बताए ।

उनले चैत्र २४ गते काठमाडौंमा व्यवस्थाका विरुद्ध सडकबाट जनप्रदर्शन गर्ने र त्यहिबाट अर्को आन्दोलनको तयारी अगाडी बढाउने विषय समेत उल्लेख गरे ।




सम्बन्धित
Loading...