देजमोको मेची महाकाली अभियान नवलपुर आइपुग्यो, सोमबार विहान दुम्किबासबाट शुरु गरिने

99












युवराज वाग्ले,
नवलपरासी, १९ फागुन ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले थालेको मेचीमहाकाली अभियान आइतबार साँझ नवलपुर आइपुगेको छ ।
प्रदेश ४ मा रहेको टोली आइतबार तनहु, गोर्खा, लम्जुङ्ग जिल्लाका चार स्थानमा कोण सभा गर्दै टोली आइतबार साँझ टोली नवलपुर आइपुगेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले बताए ।
पश्चिमबाट मोर्चाको नेतृत्व गर्दै आइतबार बर्दघाट आइपुगेका मोर्चाका महासचिव परि थापा नेतृत्वको टोली सहितको टोलीले सोमबार दुम्किबासबाट अभियान थाल्ने छ । सोही क्रममा दुम्किबास, अरुणखोला, चोरमारा, कावासोती, प्रगतिनगर, दलदले, गैडाकोटमा सभाहरु गर्दै टोली मंगलबार चितवन पुग्ने कार्यक्रम रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले बताए ।

मोर्चाले सोमबार विहान पश्चिम नवलपरासीको बर्दघाटमा पत्रकार सम्मेलन समेत राखेको छ ।
प्रदेश चारमा खटिएको टोलीले आइतबार लम्जुङ्गको बेसी सहर, तनहुको डुम्रे, गोर्खा सदरमुकाम गोर्खा बजार र तनहुको आँपु खैरनीमा सभा गरेको थियो ।


देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले देशव्यापी रुपमा सरकारले गरेको भ्रष्टाचार, कालोबजारीको विरुद्ध भण्डाफोर गर्दै देशव्यापी अभियान थालेको हो । त्यसैगरी भारतले सीमा क्षेत्रमा गरेको नेपाली भूमिको अतिक्रमण बारे सीमा क्षेत्रका बासिन्दालाई जागरण गराउने गरी अभियानले सीमा क्षेत्रमा पनि कार्यक्रम गरेको छ ।

प्रदेश ४ अन्तरगत आइतबार लम्जुङ्गको बेसी सहरमा भएको सभामा पार्टीका केन्द्रिय सदस्य एवम् मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य निलबहादुर पुुन सम्बोद्धन गरेका थिए ।
त्यसैगरी तनहुको डुम्रेमा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, तनहुको आँपु खैरनीमा भएको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सदस्य बाबुराम केसी र पार्टीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले सम्बोद्धन गरेका थिए ।
प्रदेश ४ को टोलीले आइतबार नै गोर्खाको सदरमुकाम गोर्खामा पनि सभा गरेको छ । सभालाई सम्बोद्धन गर्दै पार्टीका सचिवालय सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश संयोजक केशबहादुर परियारले केपी ओली नेतृत्वको सरकार कम्युनिष्टको नामको कलंक बोकेको सरकार भएको आरोप लगाए । उनले ओली नेतृत्वको सरकारले देशमा हत्या, हिंसा, बलात्कारका घटनाहरु घटाउन प्रमुख भुमिका खेलेको र वाइट बडी खरिद प्रकरणमा दोषीलाई कानुनी दायरामा नल्याई उन्मुक्ति दिएको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु निलबहादुर पुन, नारायण अधिकारी निश्चल लगायतले बोलेका थिए ।



You might also like
Loading...