सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
काठमाडौँ । सेना दिवसको अवसरमा प्यारासुट दुर्घटना हुँदा एकजना सैनिक हवल्दार घाइते भएका छन् । दिवसका अवसरमा सेनाले आयोजना गरेको फ्री फल जम्प गर्ने क्रममा सैनिक हवल्दार पुर्णबहादुर भण्डारी घाइते भएका हुन् ।
नेपाली सेनाका प्रवक्ता यमप्रसाद ढकालले दिएको जानकारीअनुसार हवल्दार भण्डारीको प्यारासुट राम्रोसँग नखुलेपछि अनियन्त्रित भई दुर्घटना भएको हो । उनको वीर अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।