मेचीमहाकाली अभियान नवलपुरमा, सोमबार दुम्किबास, अरुणखोला, चोरमारा र डण्डामा कोणसभा सम्पन्न, कावासोतीमा केही बेरमा हुँदै

165












कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान नवलपुर आइपुगेको छ ।
टोलीले सोमबार नवलपुरका चार स्थानमा कोण सभा गरेको छ भने कावासोतीमा सभा गर्दै छ ।
सोमबार विहान दुम्किबास, अरुणखोला, चोरमारा र डण्डामा कोणसभा गरेको हो ।



दुम्किबासमा केन्द्रिय सदस्य निलबहादुर पुन र ईश्वर पोख्रेल, अरुणखोलामा केन्द्रिय सदस्य हिरामणि दुखी, चोरमारामा केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल र डण्डामा पिताम्बर आचार्यले सम्बोद्धन गरेका थिए ।
सम्बोद्धनका क्रममा नेताहरुले देश भ्रष्टचारको दलदलमा फसेको तर यो सरकार उल्टै भ्रष्टाचारी, दलाली, घुसखोरी, बलात्कारीलाई संरक्षण गर्न लागि परेको आरोप लगाएका थिए ।


मोर्चाले गरेको अभियानको क्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कावासोतीमा केहीबेरमा हुने कार्यक्रममा मोर्चाका महासचिव परि थापाले सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच देशभक्त जनणतान्त्रिक मोर्चा नेपाल पश्चिम नवलपरासीले अभियानको बारेमा जानकारी गराउने बर्दघाटमा सोमबार पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परि थापाले अभियानले आफ्नो पार्टीको पक्षमा जनलहर सिर्जना गरेको दावी गरे ।
अभियानको २१ गते मंगलबार चितवनमा समापन गरिदै छ ।



You might also like
Loading...