खोखोमा पुरुष महिला दुवै खेलमा नवलपुरमा स्वर्ण, कबड्डीको मंगलबार फाइनल खेल हुने

130







नवलपरासी, २० फागुन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको प्रदेश स्तरीय छनौट खेलमा नवलपुर जिल्लाले खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरी खोखो खेलमा महिला तर्फ कास्की दोस्रो भएको भने पुरुषतर्फ गोरखा दोस्रो र कास्की तेस्रो भएको छ ।
नवलपुरको कावासोतीमा रहेको जीवन ज्योति माविमा भएको कबड्डी र खोखो खेल मध्ये खोखोको परिणाम आइसकेको छ ।
त्यस्तै महिलातर्फको कबड्डीको पनि खेल सकिएको छ । कबड्डीमा महिलातर्फ कास्की प्रथम भएको भने म्याग्दी दोस्रो र नवलपुर जिल्ला तेस्रो भएको छ ।
पुरुषतर्फको फाइनल खेल भने मंगलबार हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए ।
पुरुष तर्फको कबड्डीको फाइनलमा नवलपुर र कास्की जिल्ला पुगेको छ । फाइनल खेल मंगलबार हुनेछ ।


You might also like
Loading...