बलात्कारीलाई कारवाही माग गर्दै क्रान्तिकारी महिलाहरुले आठ मार्च मनाउने

130












काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले बलात्कारीलाई कारवाहीको माग गर्दै मार्च आठ अर्थात १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको छ ।
नेपालमा बलात्कारको घटना दिनानुदिन बढ्दै गईरहेको तर दोषी कारवाहीको दायरामा आउन नसकिरहेको बेला अखिल नेपाल महिला संघ क्रान्तिकारीको वैठकले १०९ औं अन्तराष्ट्रिय महिला दिवस महिला हिंसा विरुद्धको अभियान सहित मनाउने निर्णय गरेको हो ।
संगठनको बैठकले ‘महिला सुरक्षा, मुक्ति र जनगणतन्त्रका लागि संघर्ष गरौं, १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो ।
महिला दिवसमा क्रान्तिकारी महिलाहरुले ‘बलात्कारीलाई फाँसी दे, महिलामाथि हुने हत्या, हिंसा, बलात्कारको अन्त्य गर, पैतृक सम्पत्तिमा समान अधिकार लागू गर, राज्यसत्तामा विशेषाधिकारसहित पूर्ण समानुपातिक महिला प्रतिनिधित्वको ग्यारेण्टी गर, समान कामको समान ज्याला कायम गर, सम्पूर्ण उत्पीडित महिलाहरु एक होऔं, महिला मुक्ति आन्दोलन जिन्दावाद’ लगायतका नाराहरु अगाडि सारेका छन् ।



You might also like
Loading...