शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, शिक्षकमाथि अश्रुग्याँस प्रहार


काठमाडौं । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो ।
शिक्षक आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।
पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।
सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने प्रहरीले पानीको ट्यांकर र अश्रुग्यासको सेलसहित आएको थियो ।
अश्रुग्याँस, फोहोरा र प्रहरीको लाठी लागेर केही शिक्षकहरु घाइते पनि भएका छन् ।







सम्बन्धित
Loading...