सहिद सम्मान कार्यक्रमबाटै विप्लवका तीन जिल्ला नेता पक्राउ
दाङ, २१ फागुन । दाङमा भएको सहिद सम्मान कार्यक्रमबाटै प्रहरीले विप्लव नेतृत्वको नेकपाका तीन जिल्ला नेतालाई पक्राउ गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तीन जना नेतालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलवार दिउँसो पौने ३ बजेतिर तीन जना नेताालई तुलसीपुरबट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्वय प्रदिप वली, ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वली रहेको विश्वसनिय स्रोतले जानकारी दिएको छ ।
नेकपाले तुलसीपुरस्थित एक पार्टी प्यालेसमा शहिद परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
‘कार्यक्रम स्थल वाटै हाम्रा तीनजना नेताहरुलाई जवरजस्ती बल प्रयोग गरेर प्रहरीले लगेर गयो,’ एकजना नेताले भने ‘हामी भने भाग्न सफल भयौं।’ एक प्रहरी अधिकारीले माथिको आदेशका कारण उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएपनि पक्राउ परेका व्यक्तिका बारेमा भने कुनैकुरा खुलाउन चाहेनन् ।