सहिद परिवारलाई कावासाेतीमा सम्मान



कावासाेती। शहिद सप्ताहकाे अन्तिम दिन मंगलबार ने क पा निकट विद्यार्थी संगठन अनेरास्वियू र अखिल (क्रान्तिकारी) नवलपुरले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेकाे छ ।
सुखानी तथा दशबर्षे जनयुद्धकाे क्रममा साहदत प्राप्त गरेका शहीद तथा राज्यद्वारा बेपत्ता पारिएका याेद्धाहरूकाे परिवारलाई कावासाेतीमा सम्मान कार्यक्रम गरेकाे हाे ।
अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैह्रेकाे अध्यक्षता र ने क पा केन्द्रीय सदस्य किशन शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा पशर्माले शहीदहरूले देखाएकाे सपना पुरा गर्न सम्पूर्ण युवा , विद्यार्थीहरू एक भएर लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा ने क पा प्रदेश सदस्यहरू बालकृण्ण रानाभाट, कृण्ण पाैडेल, टंकमणी शर्मा, सुष्मा खनाल लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।
शहिद तथा बेपत्ता परिवार मध्ये जानकी रानाभाटकाे बुबा बालकृण्ण रानाभाट, ताेयानाथ न्याैपानेकाे श्रीमति ईश्वरी न्याैपाने, घनश्याम ज्ञवालीकाे छाेरा कमल ज्ञवाली, गंगा के सीकाे दाजु हरी बहादुर खड्का, हरी डाेटेलकाे श्रीमति सरस्वती डाेटेल, बुद्धिराम महताेकाे छाेरी सुन्तली महताे, कृण्णप्रसाद भट्टराईकाे श्रीमति सपना अधिकारी, संकल्प पाेख्रेलकी दाजु ऋषिराम पाेख्रेललाई सम्मान गरिएकाे छ ।







सम्बन्धित
Loading...