सडकबाटै यो व्यवस्थाको सरकार ढाल्ने माओवादीको चेतावनी

127












मोहन बैद्य नेतृत्वकोे नेकपा (माओवादी क्रान्तिकारी) का बरिष्ठ नेता सिपी गजुरेलले सत्ता चलाइरहेको नेकपा नक्कली कम्युनिष्टहरुको गठवन्धन भएको आरोप लगाएका छन् ।


पार्टीको जनजागरण अभियानको चितवनको भरतपुरमा आयोजित समापन समारोहमा नेता गजुरेलले बर्तमान सरकार जनतालाई राहत दिने दिशामा नहिडेको बताए । देशमा महंगी, भ्रष्टचार, हत्या, बलत्कार जस्ता घटना बढेका छन्, गजुरेलले भने – ‘यसलाई नियन्त्रण गर्ने दिशामा सरकार छैन ।’

फागुन ७ गते झापाको काँकडाभिट्टा, कञ्चनपुरको गड्डा चौकी, काठमाडौँको शान्तिबाटिका, कास्कीको पोखरा एक साथ उद्घाटन भएको १५ दिने जनजागरण अभियान मंगलबार समापन भएको छ ।

देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले अभियानले पूर्णता पाएको बताए ।
गजुरेलले मोर्चाको राष्ट्रिय सम्मेलन पछि हुने आन्दोलनले यो व्यवस्था सहितको सरकार सडकबाट ढाल्ने चेतावनी पनि दिए ।
पार्टी प्रवक्ता हरिभक्त कँडेलले नेकपा नेतृत्वको सरकार भारत संग आत्मसमर्पण गरेको आरोप लगाए ।
त्यस्तै, अभियान समापन कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका सचीवालय सदस्य तथा मोर्चाका सचिव परी थापाले कम्युनिष्ट सरकार देशमा आएसँगै भ्रष्टचारले प्रश्य पाएको भन्दै जनताले यस सरकारबाट सुख, शान्ति र विकासको आशा गर्न नसक्ने बताए ।
यस्तै, विहान पूर्वी नवलपरासीको कावासोतीमा क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता परी थापाले
नेपालको राष्टियता भारतको विजुलीको स्वीचमा अड्किएको बताए ।

प्रशान्त महासागरमा पानी जहाज चलाउने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यक्त गरेको अभिब्यक्तिको पनि थापाले कटाक्ष गर्नुभयो । नेपालको नक्सासमेत बनाउन नसक्नेले प्रशान्त महासागरमा पानी जहाज चलाउने कुरा गर्नु हाँस्यास्पद भएको नेता थापाको भनाइ छ ।


चितवनको समापन कार्यक्रम पूर्व चितवनमा प्रदर्शन समेत गरिएको थियो । मंगलबार विहान नवलपुरको सिजी र गैडाकोट पनि कोण सभा गरिएको थियो ।



You might also like
Loading...