बाग्मतीबाट २२ मेगावाट विजुली


काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ ।




मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो ।

परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यवसायिक रुपमा नै राष्ट्रिय प्रसारणलाइनमा आवद्ध गर्ने गरी हाल प्राविधिक परीक्षणको काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।




माण्डु हाइड्रोले निर्माण गरेेको यो आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउने गरी ३ दश्मलब ७ मिटर चौंडा र ३ दश्मलब ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेल बनाइएको छ ।

हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेलको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फ्रास्ट्रक्चर प्रालिले १ अर्ब २९ करोड रुपैयाँमा गरेको हो ।

हाइड्रोले सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पुर्‍यादै विद्युत उत्पादन गर्नेछ । ०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम सकिएको छ ।




सम्बन्धित
Loading...