नेताको रिहाइको माग गर्दै विहीवार राप्ती वन्दको घोषणा (विज्ञप्ति सहित)

114








दाङ,फागुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पक्राउ गरिएका आफ्ना नेताहरुको विहीवार राप्ती बन्दको घोषणा गरेको छ ।


नेकपाका राप्ती व्युरो इञ्चार्ज सुवासले बुधवार एक विज्ञप्ती प्रकासित गर्दै विहीवार एक दिन राप्ती बन्दको घोषणा गरेको जानकारी दिएका छन् ।

पुरानो राप्ती अन्त्तरगत दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठान जिल्लाहरु पर्दछन् । फागुन २० गते रोल्पा वाट पक्राउ परेका तीन जना नेता र फागुन २१ गते दाङवाट पक्राउ परेका तीन जना नेताको विरोधमा वन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरुको विना सर्त रिहाइको माग गर्दै त्यसो नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा गैरकानुनी खानतलासी र करपकडको निन्दा गरिएको छ ।



You might also like
Loading...