कावासोती वडा नं. १ को वडा कार्यालयमा तालाबन्दी

146








नवलपरासी । कावासोती नगरपालिकाको वडा नं. १ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।
कावासोती १ कोइलापानीका बासिन्दाले अहिले कार्यालय रहेको स्थानबाट कार्यालय कोइलापानी लैजान पर्ने भन्दै मंगलबार कार्यालयमा रहेका केही सामग्री लगे पछि हाल कार्यालय नजिकैका स्थानीयले कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । उनीहरुले कार्यालय स्थानान्तरण गर्न नहुने र अहिले रहेकै स्थानमा कार्यालय रहनु पर्ने माग गरेका छन् ।
त्यसैगरी कोइलापानीका बासिन्दाले भने सरकारी भवन रहेको ठाउँ खाली हुँदा हुँदा कार्यालय भाडामा राख्नु उचित नभएको भन्दै सार्नका लागि जोड दिएका छन् ।
स्थानीयले कार्यालय सार्न नहुने भन्दै कार्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष नारायण पन्तले बताए ।



You might also like
Loading...