प्रदेश ३ मा पनि शुरु भयो आठौं आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेल

166








डीलकुमारी नेपाल
काठमाडौं, २२ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौमा टियुको कृतिपुर चौरमा बुधबारबाट क्रिकेटको प्रदेश ३ को प्रदेश स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । बुधबार प्रतियोगिताको प्रदेश नम्बर ३ का संयोजक सुदिर शाहीले एमपायरलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।


उद्घाटन कार्यक्रममा अशोक नेपाल, लिला बसनेतले खेलाडीलाई आफुले चाहेको खेलमा रामो प्रदर्शन गर्न शुभकामना दिएका थिए ।
बुधबारको खेलमा ललितपुर र चितवन विजयी भएको छ । पहिलो खेल मकावनपुरलाई ललितपुरले र दोस्रो खेलमा नुवाकोटलाई चितवनले पराजित गरेको थियो ।
क्रिकेट छनौटमा ७ जिल्लाले भाग लिएको संयोजक अशोक नेपालले जानकारी दिए ।
फागुन २२ देखि सुरु भएको प्रदेश स्तरीय छनौटमा विहीबारको पहिलो खेल काभ्रे र मकावनपुर बीच र दोस्रो खेल भक्तपुर र चितवन बीच हुने छ ।




You might also like
Loading...