प्रगतिशील लेखक संघ नवलपुरमा डा. कोइराला

118












नवलपरासी, २३ फागुन ।
प्रगतिशील लेखक संघ, नवलपुरको प्रथम अधिवेशनले डा. धनपति कोईरालाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहाकार ईन्द्र रेग्मीले अधिवेशनको उद्घाटन गर्दै लेखकहरुलाई कलम मार्फत चेतना फैलाउन आग्रह गरे ।
अधिवेशनमा प्रगितिशिल लेखक संघका केन्द्रीय सदस्य प्रकाश चापागाई, कवि दीपक सोती लगायतले शुभकामना राखेका थिए ।
अधिवेशनले उपाध्यक्षमा काशिराम गैह्रे, सचिवमा ईश्वर बा खनाल, सहसचिवमा अर्जुन अविरल, कोषाध्यक्षमा राधा पाण्डे र सदस्यहरूमा जीवन युगीन, प्रितम भूजेल, मुक्तिनाथ ढकाल, सूर्य भट्टराई लगायतले चयन गरेको छ ।



You might also like
Loading...