धनगढीमा व्यापारीको अपहरण

110












धनगढीका एक व्यापारीको अपहरण परेका छन् । धनगढीको मेनरोडस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरणमा परेका हुन् ।

सिंहको बुधवार राती अपहरण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको विषयमा परिवारबाट जानकारी प्राप्त भई उनको खोजबिनका लागि प्रहरीको विशेष टोली परिचालन गरेको जनाएको छ।


अपहरणकारीले सिंहको परिवारसँग १५ लाख फिरौती माग गरेको बुझिएको छ । भारतीय नम्वरबाट फोन आएकाले प्रहरीले सीमा नजिकका भारतीय क्षेत्रमा खोजी कार्यका लागि खटिएको प्रहरीको भनाई छ ।



You might also like
Loading...