सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

65







सर्वोच्च अदालतले राज्य विप्लव अभियोग लागेका सीके राउतलाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतले त्यसलाई सदर गरेको थियो । निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दसीप्रमाण फेला नपरेको भन्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।



You might also like
Loading...