नेपाली महिला अझै पनि बोक्सी, छाउपडी जस्ता कुरीतिको शिकार भएः मुख्यमन्त्री पोख्रेल





कावासोती, २४ फागुन । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले नेपाली महिलाहरु अझै पनि बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भईरहनु परको बताएका छन् ।
शुक्रबार १०९औं अन्तराष्ट्रिय महिला दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेकोमा पनि जोड दिएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन् – यस वर्षको महिला दिवसको नारा लैंगिक समानताकालागि समान सोंच र व्यवहार, समृद्धिको आधार रहेको छ । संविधानको सफल कार्यान्वय गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल, समुदाय, संघसंस्था र आमनागरिकमा हार्दिक अपिल गर्दछु ।
उनले महिला आन्दोलन केवल महिला अधिकारका लागि मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण पाटो बनेको पनि उल्लेख गरेका छन् ।




सम्बन्धित
Loading...