सरकार र सीके राउतबीच ११ बुँदे सहमति (पूर्णपाठ सहित)


सरकार र मधेशलाई छुट्टै अलग राज्य बनाउने अभियानमा जुटेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ।




प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिमा गठबन्धनले मुलुकको अखण्डतालाई स्वीकार गरेको छ भने सरकारले गठबन्धनका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने तथा जेलमा रहेका उनीहरूका नेता, कार्यकर्तालाई रिहा गर्ने भएको छ।


त्यसैगरी, गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपाल अभिभाज्य राष्ट्र हो भनेर स्विकार गरेको छ। तराई मधेशमा देखिएको असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने पनि दुई पक्षबीच हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ।

सहमति अनुसार हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवका परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिवारका एक जना सदस्यलाई रोजगारी दिने पनि उल्लेख गरिएको छ। स्वतन्त्र मधेश गठबन्धनको आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने पनि सहमति भएको छ।

प्रधानमन्त्रीले गरे सीके राउतको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै सीके राउतको प्रशंसा गरेका छन् । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको उनले बताए ।

यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखेको उनले बताए । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए ।

सरकार र जनता सबैको जित

स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतले सरकार र आफूबीच भएको ११ बुँदे सहमति ऐतिहासिक भएको बताएका छन् । यो सहमतिले सरकार र जनता सबैको जित भएको उनको दाबी छ ।

११बुँदे सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका थिए । सहमतिपछि सम्बोधन गर्दै राउतले जनमत संग्रहको मागलाई राज्यले स्वीकार गरेको बताएका छन् । ‘मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पुरा गर्ने’ सहमतिको दोस्रोबुँदालाई उनले जनमत संग्रहको रुपमा ब्याख्या गरे ।

 

११ बुँदे सहमति (पूर्णपाठ)

 

 




सम्बन्धित
Loading...