अभिभावकहरुको पनि महत्वपुर्ण भुमिकाः डा. शशांक

113








नवलपरासी, २५ फागुन । नेपाली काग्रेसका महामन्त्री शसांक कोईरालाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकका साथ साथै अभिभावकहरुको पनि महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ ।

नेपाली समाजमा अझै विद्यमान रुपमा आफनो बालबालिकालाई दिईने शिक्षा प्रभावकारी हुन सकेन भनेर विद्यालय र शिक्षकलाई दोष दिने प्रचलन हावी भएको बताउदै यसका लािग अभिभावकहरु पनि बालबालिकालाई घरमा उच्च रेखदेखका साथ अध्यापन गराउन सके शिक्षा आफैमा गुणस्तरीय बन्ने समेत कांग्रेस महामन्त्री कोइरालाले जोड दिनुभयो ।


शनिबार कावासोतीमा सम्पन्न नेपाल शिक्षक सँघ नवलपुरको प्रथम जिल्ला प्रतिनिधि सभा कार्यक्रमलाई सम्वोधन गर्नुहुदै कोइरालाले यस्तो बताउनुभएको हो ।
आयोजक नेपाल शिक्षक संघ जिल्ला नवलपुरका सभापति चुडामणि कण्डेलको अध्यक्षतामा आयोजित सभामा नेपाली काग्रेसका महामन्त्री शसांक कोइरालाको प्रमुख आतिथ्इता रहेको थियो ।

यसैगरी सांसद कृष्ण चन्द्र नेपाली, नवलपुर जिल्ला समन्वय समिति प्रमुख चेसराम आले लगायत विभिन्न समाजसेवी राजनितिक दलका प्रतिनिधिहरुको उल्लेख्य उपस्थ्तिि रहेको थियो ।



You might also like
Loading...