रेशम चौधरीको मुद्दा राजनीतिक तवरले किनारा लगाउन थाकसको माग

47












नवलपुर । थारु कल्याणकारिणी सभा नवलपुरले कैलालीको टीकापुरको मुद्दा राजनीतिक तवरले नै किनारा लगाउन माग गरेको छ ।

थारु कल्याणकारिणीसभा नवलपुरले आज प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक आन्दोलन भएकाले यो घटनालाई राजनीतिक मान्यताअनुरुप नै राजनीतिक तवरले मुद्दाको किनारा लगाउन माग गरेको हो ।


२०७२ भदौ ७ गते टिकापुरमा भएको घटनामा एक बालकसहित ८ प्रहरीका हत्या भएको थियो । सोही घटनामा संलग्न भएको भन्दै सांसद रेशम चौधरीसहित अदालतले फागुन २२ गते ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

थारु कल्याणकारिणी सभा नवलपुरका सचिव चुणामणि थनेतले आज जारी गरेको विज्ञप्तिमा चौधरीसहित ११ जनालाई जन्मकैद गर्ने भनी अदालतको फैसला अत्यन्त पूर्वाग्रही, नश्लवादी, शासकीय चरित्रको पराकाष्ठाको मनोवृत्तिबाट प्रेरित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

अदालतको फैसलाको थारु कल्याणकारिणीसभासहित थारु सम्बद्ध संस्थाहरु अदालतको फैसलाको विरोध गर्दै आएका छन् । टिकापुर घटनाको छानविन गर्न भन्दै यसअघि सरकारले ग्रीसचन्द्रलालको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

उक्त समितिको प्रतिवेदन समेत सार्वजनिक नगर्दै अदालतबाट फैसला आएको भन्दै थारु अगुवाहरु असतुष्ट बनेका छन् भने राष्ट्रिय जनता पार्टीले सरकारको समर्थन फिर्ता लिएको छ ।



You might also like
Loading...