कावासोतीमा भएको दुर्घटनामा ३ जना घाइते

116












कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
बा ४५ प ५९७४ र ना १५ प ४५१ नम्बरको दुई मोटरसाइकल कावासोतीको रामनगरचोकमा एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन ।
घाइते हुने तीनै जना कावासोतीका स्थानीय बासिन्दा हुन् । घाइते हुनेमा कावासोती १७ का भुवन महतो, कावासोती २ संगमचोकका विपिन पाण्डे र कावासोती ९ का भेषराज गिरी रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जना कालीगण्डकी अस्पताल कावासोतीमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



You might also like
Loading...