रेडक्रस कावासोतीको १७औँ उपशाखा सभाको अधिवेशन

139












कावासोती । नेपाल रेडक्रस सोसाइटि उपशाखा कावासोतीको १७औँ उपशाखा सभाको अधिवेशन शनिबार भएको छ ।

नेपाल रेडक्रस सोसाइटि उपशाखा कावासोतीका सभापति ऋषिराम कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि केन्द्रीय समिति उपमहामन्त्रि हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा विशेष अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, जील्ला प्रहरी कार्यालय नवलपुरका प्रहरि उपरिक्षक रमेश थापा लगायत रहनुभएको थियो ।

कावासोती उपशाखाका उपसभापति वेद प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजिक कार्यमा विभिन्न क्षेत्रमा रेडक्रस सँग सहकार्य गर्ने संस्था एवं व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्थाले कावासोती नगरपालिका, कावासोती खानेपानी तथा सरसफाइ तथा उपभोक्ता समिति, जिल्ला वन कार्यालय, परशुराम भुसाल,भरत पाण्डे, भुपराज तिवारी र नेपाल मानव धर्म सेवजा समितिलाइ सम्मान गरेको हो ।

संस्थाका सचिव तिर्थ कंडेलको सञ्चालन रहेको कार्यक्रममा ३५० भन्दा बढिको उपस्थीति रहेको थियो ।



You might also like
Loading...