धादिङमा १०५ केजी चरेससहित तीन पक्राउ
धादिङको गजुरीबाट प्रहरीले प्रहरीले १ सय ५ किलोग्राम चरेससहित आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।
पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो ।