अत्यधिक रक्तस्रावका कारण सल्यानमा सुत्केरीको ज्यान गयाे
प्रद्युम्न उपाध्याय
सल्यान २५ , फागुन। सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे वडा नम्बर ८ ज्यामिरेकि २६ वर्सिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ ।
घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफन्तले स्वास्थ चौकी देवस्थल पुर्याएका थिए ।
शनिवार घरमै २ वजे वच्चा जन्मिए पछि रक्तस्राव भए पछि ढिला गरि अस्पताल लगिएको थियोे ।
अन्तिम अवस्था भएकोले बचाउने प्रयास असफल भएको स्वास्थ चौकी देवस्थलकि अनमि लालिका चौधरीले बताईन् । उनले भनिन् बच्चाकाे भने अवस्था सामान्य रहेकाे छ ।