पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लुट्दै व्यापक तस्करी (फोटो फिचर सहित)

188







रामकरण हरिजन, 
न्वलपरासी, २६ फागुन ।


भारतसँग खुल्ला सीमा जोडिएको पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लिँदै व्यापक रुपमा तस्करी हुने गरेको छ ।
यस क्षेत्रमा लत्ता कपडा, खाद्यसामग्री, जिउँदा तथा मरेका कुखुरा, भारतीय अण्डा लगायतका सामग्रीहरु अवैध रुपमा तस्करी हुने गरेको हो ।
खुल्ला सिमाका कारण कतिपयले सजिलै प्रहरीको आँखा छलेर समान ओसारपसार गर्ने गर्दछन् भने कतिपयले प्रहरीसँगकै मिलेमतोमा तस्करी गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।



भारत बरगदवाबाट नवलपरासीको पाल्हीनन्दन गांउपालिका वाड नं. ६ रगरगंज र पणरी नाकाबाट व्यापक भन्सार छलि भइरहेको छ । तस्करीहरुले स्थानीय युवा तथा विपन्न परिवारका मानिसहरुलाई दैनिक ज्याला दिएर समान ओसारपसारमा प्रयोग गर्ने गर्दछन् ।
नेपालबाट भारतर्फ गिटी बालुवा र कवाडी समानहरु भन्सार झलेर भारत लैजाने गर्दछन् भने भारतबाट साडी, सुट, पान्इट लगायतका लत्ताकपडा, चिनी, चियापत्ति, जिरा–मसला, कुखुरा, मरेका कुखुरा, भारतीय कुखुराका अण्डा, चामल, दाल लगायतका खाद्यसामग्री, कस्मेटिक सामग्रीहरु लगायतका सामग्रीहरु भन्सार छलेर नेपाल भित्र्याउने गर्दछन् ।
प्रहरीले यस्ता सामग्रीहरु हप्ता असुलेर छाडिदिने गर्दछन् ।

भारतसँगको खुल्ला सिमाना जोडिएका बजारहरु बरदवा, गेरमाचमन टोला नाका, भकसीपुर, ठुटीबारी लगायतका विभिन्न क्षेत्रबाट तस्कर हुने गर्दछ । स्थानीय थोक व्यापारीहरुले स्थानीय बासिन्दालाई साइकल, रेक्सा, मोटरसाइकल तथा भारमा बोकेर यस्ता सामग्री ल्याउन लगाउने र व्यापारीले आफ्नो गोदाममा जम्मा गरेपछि त्यस्ता सामग्रीलाई नेपालका विभिन्न बजारहरुमा ट्रक तथा भ्यानमा पठाउने गर्दछन् ।


You might also like
Loading...