राष्ट्रिय परीक्षा वोर्डकाे अभिमुखीकरण कार्यक्रम

99












राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा कक्षा ११ र १२ का वाह्य परीक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आईतबार कावासोतीमा सम्पन्न भएको छ ।
परीक्षा प्रणालीलाई व्यवस्थित र मुल्याड्ढन प्रणालीलाई वस्तुनिष्ठ र विश्वसनीय गराउदै परीक्षा सम्बन्धी त्रुटिहरुलाई न्युनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिम दुवै जिल्लामा ११ र १२ सञ्चालित विद्यालय र क्याम्पसहरुमा अध्यापन गराउने ११० जना उप–प्राध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रम परीक्षा वोर्ड बुटवल शाखाका प्रमुख टिकाराम अर्यालको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै विशेष अतिथिमा मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति राम पाण्डे रहनुभएको थियो ।
यही वैशाख १५ देखि २६ गते सम्म र कक्षा १२ र वैशाख २९ देखि जेठ ८ गते सम्म सञ्चालन हुने कक्षा ११ को परीक्षालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो ।
यस वर्ष कक्षा ११ को परीक्षामा नवलपुर क्षेत्रबाट १० हजार १३ जना विद्यार्थी र कक्षा १२ को परीक्षामा ८ हजार ४ सय ५० जना परीक्षार्थीहरु सहभागी हुने पोख्रेलले बताउनुभयो । परीक्षा सञ्चालनका लागि नवलपुरमा मात्रै १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।




You might also like
Loading...