यी हुन् इथियोपिया विमान दुर्घटनामा मृत्यु भएका नेपाली, टिकटमा भएकाे ढिलाईले अर्काे नेपालीकाे ज्यान

109







काठमाडौं । इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भएको छ । सो विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा पर्दा १५७ जना मृत्यु भएको थियो । जसमा एक जना नेपाली पनि परेको सार्वजनिक भएको थियो ।

सो दुर्घटनामा मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छन् । उनी इथियोपियाको अदिस अबाबास्थित डब्लूएफपी कार्यालयमा कार्यरत थिइन् । उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन सो विमानमार्फत नैरोबी जाँदै गरेको डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले बताएका छन् ।


दुर्घटनाग्रस्त सो विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख भएपनि मृतकको विवरण भने सार्वजनिक गरिएको थिएन ।

सो कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने तयारीमा रहेका एक नेपालीले भने टिकटमा भएको ढिलाइका कारण आफू जोगिएको बताएका छन् । ती नेपाली हुन् साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी । उनले फेसबुक मार्फत सोही विमानमार्फत आफू सयुंक्त राष्ट्र संघको वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेको र टिकटमा भएको ढिलाइका कारण जोगिएको बताएका छन् ।

उनले लेखेका छन् – म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ’लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिएँ । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिए म अर्को पटक बाँचे । साथमा दान मामा होइसिन्थ्यो । फेरी ढाडस दिँदै केही आफन्त र सुभेच्छुकहरुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञता प्रकट गर्छु । जानु पर्ने तर गैइएन भनेर माधव नेपालज्यूलाई जानकारी थियो । सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लाएक रह्यो ।’

सो विमान दुर्घटनामा एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको बताइएको छ ।


You might also like
Loading...