रुपन्देहीको देवदहमा युवकको हत्या


रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा एक युवकको हत्या भएको छ ।
मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।
स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको आशङ्कामा केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ मल्लले जानकारी दिनुभयो ।







सम्बन्धित
Loading...