सशस्त्र प्रहरीमा नवलपुरको भैसाखोरीबाटै दखास्त दिन पाइने

82







नवलपुर । सशस्त्र प्रहरी जवानको नयाँ भर्नाको लागि दरखास्त नवलपुरको गंैंडाकोट नगरपालिका १० भैसाखोरीमा रहेको सशस्त्र को गुल्मबाटै भर्न सक्ने ब्यबस्था मिलाईएको छ ।
सशस्त्र ३१ नं गुल्म भैसाखोरीका प्रमुख प्रहरी नायब उपरीक्षक क्षितिज क्षेत्रीले दिनुभएको जानकारी अनुसार सशस्त्र प्रहरीमा भर्ना हुन चाहाने नवलपुरका युवाहरुलाई दरखास्त भर्नका लागि सबै प्रक्रिया भैसाखोरी सशस्त्र ३१ नंम्बर गुल्मबाटै मिलाईएको छ ।
दरखास्त दिन बर्दघाट जानु पर्ने बाध्यता नरहेको र नवलपुर भरिका लाई सशस्त्रको प्रहरी जवानमा दरखास्त दिन भैंसाखोरी गुल्मबाटै सबै ब्यबस्था मिलाईएको प्रहरी नायब उपरीक्षक क्षितिज क्षेत्रीले बताए ।
चैत्र २४ गते सम्म दरखास्तका लागि म्याद कायम गरिएको र यस सम्बन्धमा थप जानकारी लिन चाहेमा सशस्त्रको ३१ नंम्बर गुल्म भैसांखोरीबाट प्राप्त गर्न सकिने प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । दरखास्त फाराम गुल्मबाट भर्न सकिने र सबै जाँच भने बर्दघाटमा रहेको सशस्त्र महाबिद्यालयबाटै हुने क्षेत्रीले बताए ।
सशस्त्रको भर्ना को लागि दरखास्त नवलपुर बाटै भर्न पाईने भए पछि यहाँका हजारौं युवा युबती लाभन्बित हुने अपेक्षा गरिएको डिएसपी क्षेत्रीले बताए ।



You might also like
Loading...