महिला साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात


पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो ।




नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा दुई एक गोल थपेको थियो ।

पहिलो हाफको १२ औं मिनेटमा योञ्जनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन् ।




खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले तेस्रो गोल गरिन् । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र नेपालले ३–० ले खेल आफ्नो पक्षमा पा¥यो । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।




सम्बन्धित
Loading...