जब हत्यारा प्रहरी कार्यालयमै भेटिए


मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्यो । एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराए पछि प्रहरी चनाखो भयो ।




पछ्याउदै गएको प्रहरीले एकजना संकास्पद व्यक्तिलाई सदरमुकाम नजिकै रहेको बाहुलीगाड पुलमा भेट्यो । प्रहरी देखे पछि पुलको छेउबाट हाफाल्दै भाग्न खोज्ने ति व्यक्तीलाई राती १२ बजे तिर प्रहरीले पक्राउ गर्यो । पक्राउ पर्ने व्यक्ती थिए सुर्मा गाउ“पालिका १ दौलीचौरका २५ बर्षिय दर्पन बोहरा ।
मदिराको मातमा रहेका बोहराले राती कतै घटना घटाउन सक्छ भन्ने आसंकामा प्रहरीले उनलाई हिरासतमै राखेको थियो । बुधबार विहानै सदरमुकामकै चौगाउ“टोलमा एक जना युवकको भेटियो । विच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको शब पनि सुर्मा १ दौलीचौरकै ३५ बर्षका धर्क बहादुर बोहराको थियो ।

विच सदरमुकाममा हत्या भएको घटनाले एकाएक सदरमुकाममा सन्त्रास फैलियो । जिल्लाको शान्ती सुरक्षा प्रति प्रश्न उठाउदै पिडितका आफ्न्त र सदरमुकामबासीहरु जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले । हत्याको घटनाले चैनपुर असान्त र त्रसित बन्यो ।




यता प्रहरीलाई तत्काल अनुसंन्धान गरेर हत्यारा सार्वजनिक गर्नु पर्ने चुनौती थियो । चैनपुरमा घटनास्थलको सर्जिमिन मुचुल्का हुदै गर्दा डिएसपी प्रविण धिताल हत्या पछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधीको बारेमा छलफल गदै गर्दा एकाएक शंकाको सुई राती पक्राउ परेका दर्पन तिर पुग्यो । ‘मदिरा खाई हल्ला गरेको केसमा एक दिन भन्दा बढी थुन्न मिल्दैन । १० बजे तिर हामी उनलाई छोड्ने तयारीमा थियौ । कतै उसैले घटना गरेको हो की भन्ने शंका लागेर सोधपुछ गर्यौ’ धितालले भने ‘नभन्दै उसको लुुगामा रगतका टाटा देखिए । हत्याको कुरा गर्ने वित्तिकै उ आतियो । केही बेरमै हत्या स्विकार गर्यो’

पाप धुरीवाट करायाे

यसरी घटना सार्वजनिक हुनु पुर्व नै अपराधी हिरासतमा पुगेको थाहा पाए पछि आफु अच्चमीत भएका डिएसपीले भने । ‘मेरो करियरमा यस्तो संयोज जुरेको पहिलो पटक हो । ‘पाप धुरीबाट कराउछ’ भने जस्तै भएको हो’ घटना सार्वजनिक भएको २ घण्टा भित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनाव समेत साम्य भएको थियो । प्रहरीलाई तल्काल हत्यारा पक्ता लगाउन चुनौती भैरहेको बेलामा अभियुक्त प्रहरी हिरासतमै भेटिए पछि आफुहरुलाई निकै राहत महसुस भएको धितालले प्रतिक्रीया दिए ।

ढुंगाले हानेर मारेको स्वीकार

हत्या स्विकार गरेका दर्पनले यार्साको रकम लेनदेनको विषयमा विवाद भए पछि ढुङ्गाले हानेर मारेको स्विकार गरेका डिएसपि धितालले बताए । मृतक र आफुले मंगलबार साँझबाट सँगै मदिरा सेवन गरेको बताउने दर्पणले रक्सी खाने क्रममा रकम लेनदेनको कुरा उठेको बताएको प्रहरीले जनाएको छ ।

आफुले यार्साको रकम माग्न थाले पछि धर्क त्यहा“बाट भागेको र उसलाई लखेट्दै गएर ढुङ्गाले हानेपछि ढलेको कुरा दर्पनले बताएका छन । ‘दुबै जनाले अत्याधिक मात्रामा मदिरा सेवन गरेका रहेछन । मृतक मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ’ डिएसपी धितालले भने । हत्या स्विकार गरेका दर्पन माथी थप अनुसन्धान भैरहेको र छिटै आवश्यक प्रमाण सहित अदालत पेश गरिने उनले बताए ।

यसैको अनुसन्धानका लागि कैलालिबाट समेत विषेश कुकुर बझाङ जिल्लामा पुर्याएको थियो । गएराति अनुसन्धान गर्ने क्रममा उक्त कुकुरले समेत जुन ठाँउबाट संकास्पद ब्यक्ती समातिएको थियो । त्यो ठाँउ सम्म कुकुर सुघ्दै पुगेको डिएसपि धितालले बताए । यस बाट समेत थप पुष्टि भएको प्रहरीको भनाई छ । – राजधानीबाट




सम्बन्धित
Loading...