बिरामी बोकेको एम्बुलेन्स र प्रहरी चढेको गाडी ठक्कर खाँदा विरामी सहित ४ जना गम्भीर

116












नवलपरासी, ३० फागुन ।
बन्दको बेला गस्तीमा रहेको प्रहरी चढेको कार र एम्बुलेन्स ठक्कर खाँदा पूर्वी नवलपरासीमा ४ जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गको डण्डा चोरमाराबीच जंगलमा पर्ने चालिस किलो भन्ने ठाउँमा लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाको एम्बुलेन्स र प्रहरीले स्कटिड्डका लागि लिएर हिडेको बा २ झ १४६५ नम्बरको गाडी एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेमा मध्यविन्दु नगरपालिका १० बस्ने ४८ बर्षीय आनन्द जैसी, ७४ बर्षीया मानकुमारी जैसी, ८१ बर्षीय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ बर्षीय खुमाकान्त न्यौपाने रहेका छन् ।
घाईतेहरुको अवस्था गम्भीर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको प्रहरी चढेको गाडिलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडि पट्टिको भागमा ठक्कर दिई आफै अनियन्त्रित भएको पल्टिएको प्रहरीको भनाई छ ।



You might also like
Loading...