ब्यारेज पुल त्रिबेणि रहेको सशस्त्र प्रहरीले स्थानीयहरुलाई दुख दिने गरेको गुनासो


श्याम थापा
सुस्ता १ चैत । पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका स्थित नेपाल र भारत सिमा रहेको त्रिबेणि ब्यारेज पुलमा सुरक्षा दिन भनेर खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिनयि त्रिबेणिका जवानहरुले स्थानीयबासीहरुलाई दुख दिने गरेको स्थानीयबासीहरुले गुनासो गरेको छ ।




स्थानीयबासीहरुले घरायसी प्रयोजनका लागि साग सब्जी,चामल,तेल जस्ता सामग्रीहरु भारतबाट ल्याउने क्रममा भारतबाट ल्याउन नपाउने र ल्याएको सामग्रीहरु फिर्ता गराउने गरेको एक जना महिलाले बताइन ।

ब्यारेज पुलमा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिनयीत्रिबेणिका जवानहरुले घरायसी सामग्रीहरु ल्याउनेलाई ल्याउन नपाईने भन्दै दुख दिने गरेको र व्यापारीहरुलाई भनी छुट दिएको भन्दै स्थानीयले आरोप पनि लगाएको छन ।




साथै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिनयी त्रिबेणिले नारायणी नदीबाट माछा मारेर ब्यारेज पुलमा बिक्री गर्न भनेर ल्याएको माछा ब्यारेज पुलमा राखेर बेच्न नपाउने भन्दै मछुवाहरुलाई लखेट्ने गरेको र आफ्नो जिविका चलाउनको लागि दिन भरी नारायणी नदिबाट माछा मारी जिविका चलाउने स्थानीय मछुवाहरुको जिविकामा पनि धक्का पुग्ने कार्य गरेको एक मछुवाले बताउनु भयो ।

शान्ति सुरक्षा दिन भनेर खटिएको सुरक्षाकर्मीले आफै स्थानीयबासीहरुलाई दुख दिइ रहेको भन्दै यस बिषयमा सम्बन्धित निकायमा गएर ध्यानाकर्षण गराउने त्रिबेणिबासीले बताएका छन ।




सम्बन्धित
Loading...