सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास अन्तरक्रिया


प्रेम न्यौपाने




कावासोती नवलपरासीको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि एक दिने शैक्षिक नेतृत्व विकास सम्वन्धी अन्तरक्रिया कार्यक्रम पिप्रहर सामुदायिक होमस्टे को सभाहलमा शुक्रवार सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक प्रशासन सञ्चालन तथा विद्यालयमा सुशासन कायम गर्न प्रधानाध्यापकले खेल्नुपर्ने भुमिकाका बारेमा अवगत गराई नेतृत्व विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय अंग्रेजी विभाग प्रमुख प्राध्यापक डा. अनिरुद्र थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।




इम्बक्स नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम इम्बक्सका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षता एवम् देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख मोतीराम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा इम्बक्स सल्लाहकार नरदेव न्यौपाने, उपाध्यक्ष नारायण प्रसाद भण्डारी, घनश्याम भुसाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन इम्बक्सका सदस्य टिकाराम डुम्रेले गर्नुभएको थियो ।




सम्बन्धित
Loading...