पत्नीको उपचार गर्न प्रचण्ड पतिपत्नी अमेरिका जाँदै


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् ।




अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आइतबार साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।







सम्बन्धित
Loading...