कावासाेतीमा अागजनीबाट ४ घर जलेर ध्वस्त, नगरपालिकाकाे दमकल बेलैमा नबन्दा बढी क्षति

43







कावासाेती। पूर्वी नवलपरासीकाे कावासाेती १३ गैरीमा अाइतबार दिउँसाे अागलागी हुँदा ४ घर जलेर पूर्ण रूपमा क्षति भएकाे छ भने एक घरमा क्षति पुगेकाे छ।

कावासाेती १३ का वडाअध्यक्ष विनाेद रानाका अनुसार हस्तमाया थापा, मीना थापा, विन्दुमाया थापा र गाेरे तामाङ्गकाे घरमा पूर्ण क्षति भएकाे छ।


त्यस्तै अाईती तामाङ्गकाे घरमा अाँशिक क्षति भएकाे छ।

नवलपुर जिल्लामा रहेकाे एक मात्र दमकल कावासाेती नगरपालिकाकाे दमकल विग्रेकाे लामाे समय भएपनि बेलैमा मर्मत नगरेका कारण टाढाबाट दमकल मगाउन पर्दा बढी क्षति भएकाे स्थानीयले जनाएका छन्।

अागाे स्थानीयकाे सहयाेग र भरतपुरबाट अाएकाे दमकलले नियन्त्रणमा लिएकाे थियाे।


You might also like
Loading...