चितवनमा बोलेरो गाडीको ठक्करबाट एक युवकको निधन
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु अन्दाजी १५१६ वर्षका वसन्त थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा विहान १०ः०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
(सोमबार) विहान ९ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले युवकलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ । मृतकका आफन्त र स्थानियले गाडीको लापरवाहीले युवकको ज्यान गएको भन्दै कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।