गैर कानुनी हतियार बुझाउन जिल्ला प्रशासनको ३५ दिने अल्टिमेटम


परासी। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले गैरकानूनी ढंगले राखिएका हातहतियार प्रशासनलाई बुझाउन अपिल गरेको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाए लगत्तै गैरकानूनी ढंगले राखिएका हतियार बुझाउन अपिल गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय लगत्तै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पनि ३५ दिने सूचना जारी गरेको हो ।
कानुन बमोजीम इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत लिएका व्याक्तिहरुको मृत्यु पश्चात समेत हकवालाको नाममा नामसारी नगरी जो कसैले पनी हातहतियार खर खजना राखेको भए जिल्ला प्रशासन कार्यालय वा नजीकको प्रहरी कार्यालय , नेपाली शेनाको व्यारेक मा बुझाउन ३५ दिने सुचना शुक्रबार जारी गरिएको छ ।
गैरकानुनी ढंगले राखिएको हतियार बुझाउनेलाई कुनै कारबाही नहुने पनि सरकारले यसअघि नै स्पष्ट गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका साहायक प्रमुख जिल्ला अघिकृतद्वारा हस्ताक्षरीत सुचनामा प्रशासनद्वारा तोकिएको मिति भित्र इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई संचालन गरीएका हतियार नबुझाएमा त्यस्ता व्याक्तिहरुलाई कानुन अनुसार कारवाही गरीने समेत जनाईएको छ ।



सम्बन्धित
Loading...