होलीमा जबरजस्ती गर्नेलाई कारवाही गरिने


नवलपरासी । होलीमा इच्छा विपरित जबरजस्ती रड्ड लगाइदिने, लोला हान्ने तथा उच्श्रृंखल गतिविधि गर्नेलाई प्रशासनले कारवाही गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दाउन्ने न्यू सँग कुरा गर्दै होलीमा इच्छा विपरित लोला हान्ने, अविर लगाइदिने तथा उच्श्रृंखल गतिविधि गर्नेलाई कारवाही गरिने बताएका हुन् ।
उनले होली सभ्य रुपमा मनाउने सम्पूर्णमा आग्रह समेत गरेका छन् । नवलपुर जिल्लाको पहाडी भेगमा पहिलो दिन बुधबार र भित्री मधेष अर्थात तल्लो भेगमा विहीबार होली खेल्ने गरिन्छ । सरकारले नवलपुर जिल्लालाई पहाडी जिल्लाको रुपमा राखि भोलि सार्वजनिक विदा दिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले विहीबार विहान पत्रकार महासंघको कार्यालय कावासोती अगाडि होली मिलन कार्यक्रम गर्ने भएको छ ।







सम्बन्धित
Loading...