राष्ट्रिय मर्यादाक्रम संशोधन हुन्छ: गृहमन्त्री


काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय मर्याक्रममा संशोधन भइरहेको बताएका छन। संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा मन्त्री थापाले राष्ट्रिय मर्यादाक्रमबारे लामाे समयदेखि छलफल र बहस भइरहेकाले त्यसलाई सम्बाेधन गर्नका लागि मर्यामक्रम संशोधनकाे चरणमा रहेको जानकारी दिए।
गृहमन्त्रीका अनुसार छिट्टै अबको केही समयमा नै मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम निर्धारण भएर सार्वजनिक हुनेछ। सांसदहरूले पूर्वमन्त्रीलाई वर्तमान संघीय सांसदभन्दा माथि राखेकाे, उपसभामुख र राष्ट्रियसभाकाे उपाध्यक्षकाे मर्यादाक्रम नमिलेकाे, प्रदेशसभाका उपसभामुखलाई मर्यादाक्रममा नै नराखेको तथा जिल्ला समन्वय समितिका पदाधिकारीलाई नचिनेको भन्दै सांसदहरूले सरकारले जारी गरेको मर्यादाक्रमकाे विराेध गरेका थिए।

 







सम्बन्धित
Loading...