तीन बर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने पक्राउ

59












प्रेमचन्द राैनियार

नवलपरासी, ४ चैत्र ।
नवलपरासी प्रहरीले ३ बर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनियालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीको प्रयास गरेका थिए । पक्राउ परेका लोनियालाई बालिका जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी विरेन्द्र थापाले बताए ।




You might also like
Loading...